नेपाली टोली जिम्बावेसँग खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यिय टोलीको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

नेपालले जिम्बावे ‘ए’ विरुद्ध भोलि शनिबार पहिलो खेल खेल्दैछ ।  खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।यस्तै दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । टी-ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।

नेपाली टोली –

सन्दीप लामिछाने, आसिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी, आदील अन्सारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.