नयाँ वर्षबाट ए मेरो हजुर ४ लाग्ने

काठमाण्डौं । आगामी वैशाख १ गतेबाट कलाकार झरना थापाको निर्देशन रहेको चलचित्र ए मेरो हजुर हलमा लाग्ने भएको छ ।

नेपाली चत्रचित्र जस्तो भएपनि हेरौँ भन्ने विवादास्पद अभिव्यक्ति पछि विवादमा तानिएका नायक अनमोल केसी एवं झरना थापा सुपुत्री सुहानाको जोडीलाई मुख्य भूमिकामा देखिन्छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई झरना पति सुनिल थापाले निर्माण गरेका हुन् । अहिले युवा पुस्तामा रहेको प्रेम कहानीलाई मुख्य विषयवस्तु बनाएको कलाकार निर्देशक झरना थापाले जानकारी दिइन् ।

 

विवादमा तानिए पनि सुहाना र अनमोलको जोडीलाई आम दर्शकहरुले मन पराएका छन् । बहुप्रतिक्षित चलचित्रको ट्रेलरलाई युट्युबमा १४ लाख भन्दा धेरैले हेरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.