बालेनले ३३ हजार मत प्राप्त गर्दा केशव र सिर्जनाको झिनो मतान्तर

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ को व्यापक चर्चाको विषय बन्न पुगेको देशकै पहिलो महानगरको मेयर को बन्ला भन्ने विषय चर्चाको मुख्य विषय बन्न पुगेको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदै गर्दा मेयरका प्रत्याशी बालेन शाह निकै मतान्तरले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै अग्रता कायम गरिरहेका छन् ।

उनले नेकपा एमालेका मेयरका प्रत्याशी केशव स्थापितलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले ३३ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

बालेनलाई पछ्याउँदै गर्दा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेद्वार सिर्जना सिंह दुवैले १७ हजार मत को लाइनमा आफूहरूलाई सीमित गरेका छन् ।
नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १७ हजार ६ सय ९२ मत ल्याइरहँदा कांग्रेस उम्मेद्वार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याउन सफल भएकी छन् ।

यद्यपी उपमेयरमा नेकपा एमालेकी उम्मेद्वार सुनिता डंगोलले आफ्नो एकछत्र अग्रता लिइरहँदा उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८१६ मत मात्र पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.