श्रीलंकामा संकटकाल हट्यो

कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झन्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकार विरोधी प्रदर्शनबिच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपत्कालको घोषणा गरेका थिए ।

राष्ट्रपति राजापाक्षेले एक महिनामा दोस्रो पटक आपत्काल घोषणा गरेका थिए ।

शुक्रवार मध्यरातबाट लागू हुने गरी संकटकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.