वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

काठमाण्डौं । नेपाल सरकारले वृद्धभत्ता ६५ वर्षमै दिने तयारी थालेको छ ।

नेकपा एमालेको सरकारमा आरम्भ गरिएको वृद्धभत्तालाई निरन्तरता दिदै वृद्धभत्ता दिने समय सिमा अहिलेको सरकारले घटाउन थालेको हो ।

मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ।

आउँदै गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा अब ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी नेपाल सरकाले गरेको छ ।

हाल ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँदै गरेका छन् ।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने जनाइएको छ ।

सरकारले सामाजिक सुरक्षाका लागि वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च गर्दै आएको पाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.