जिसस काभ्रे प्रमुखमा दिपक गौतमको चर्चा

धुलिखेल । १३ स्थानीय तह रहेको काभ्रेमा गठबन्धन दलले स्थानीय निर्वाचनमा शानदार जित हाँसिल गरिसकेको छ । १३ वटै स्थानीय तह र धेरै वडामा समेत गठबन्धन गरेका दलहरूले जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने लिखित सहमति गरेका छन । सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु आफ्नो शपथ ग्रहण र पदभार ग्रहण गरिरहेका छन् । कार्यपालिका सदस्य मनोनयनको काम सकिएपछि जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

त्यसैले काभ्रेको राजनैतिक वृत्तमा जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादीबाट युवा नेता दिपक गौतमको नाम चर्चामा रहेको पाइएको छ । युवा नेता गौतमलाई सत्तागठबन्धन दलले अनुमोदन गरी जिल्ला समन्वय समिति प्रमुखमा पठाउने निर्णय समेत गरेको स्रोतले काभ्रेपोष्टलाई जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.