चौंरीदेउराली गाउँपालिकाको प्रबक्तामा तामाङ

चौरीदेउराली । चौंरीदेउराली गाउँपालिकाको प्रवक्तामा वडा नंं ८ का वडाध्यक्ष धनबहादुर तामाङ चयन भएका छन् । गाउँकार्यपालिका बैठकले तामाङलाई प्रवक्तामा चयन गरेको हो ।

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समितिहरु समेत गठन गरेको छ ।

बैठकले सामाजिक बिकास समिति संयोजकमा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, पूर्वाधार विकास समिति संयोजकमा वडा नं. ६ का वडा अध्यक्ष किशोर गिरी, आर्थिक बिकास समितिको संयोजकमा वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौलागाईं, संस्थागत बिकास तथा सुशासन समितिको संयोजकमा वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौलागाईं, वन तथा वातावरण समितिको संयोजकमा वडा नं. १ का वडा अध्यक्ष सुशील लामा, विधान समितिको संयोजकमा वडा नं. ७ का वडा अध्यक्ष चन्द्रराज लामा र लेखा समितिको संयोजकमा वडा नं. ९ का वडा अध्यक्ष रामबहादुर लामालाई जिम्मेवारी दिइएको प्रवक्ता तामाङले काभ्रेपोष्टलाई जानकारी दिए ।

बैठकले गाउँ कार्यपालिकाको पूर्ण बैठक बसी आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने र असार १० गते दशौं गाउँसभा (बजेट अधिवेशन) गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.