काभ्रेका लामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा चयन

बनेपा । नेकपा एमाले काभ्रेका युवा नेता अमित लामा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो । पदाधिकारीको पूर्णतासंग लामा केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन ।

पूर्ण बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्षमा किरण पौडेललाई निरन्तरता दिएको छ । उपाध्यक्षमा संजिव कुमार झा, पुष्पराज श्रेष्ठ, अमित लामा, क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अन्जना अधिकारी, उर्मीला सुनुवार, कृष्णहरी केसी सुमन पुरी, र रामजी सापकोटा रहेका छन् ।

महासचिवको जिम्मेवारी क्षितिज थेवेले पाएका छन् । उप महासचिवमा रमेश तिवारी र विजय डाँगी चयन भएका छन । सचिबमा विकास ज्ञावाली, सीता सुवेदी, बैजनाथ शाह र विष्णा चन्द चयन भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.