एनसेलले ल्यायो दशैं रिचार्ज बोनस योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले हरेक दिन र १ सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

 

यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्ने र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने जनाइएको छ ।

 

यस योजना अन्तर्गत ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा ३ दिन मान्य हुने २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् ।  त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि  २०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज गरेमा अधिकतम् ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्ने र प्राप्त बोनस ७ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

 

 

उल्लेखित योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्ने एनसेलले जनाएको छ । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

 

 

रिचार्जमा बोनस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदानप्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.