अमृता लुङ्गेलीको ‘देउसी भैलो फूलमाला भाग ५’ सार्वजनिक

काठमाडौं । अमृता लुङ्गेली मगरको प्रस्तुतीमा तिहार लक्षित ‘देउसी भैलो फूलमाला भाग ५’ सार्वजनिक भएको छ ।

गीतमा बिमलराज क्षेत्री, नेत्र भण्डारी, राजु ढकाल, अमृता लुङ्गेली मगर, रिता बुढाथोकी, मिनाश्री लुङ्गेली मगरको संयुक्त गायन रहेको छ ।

डम्बर चन्दको शब्द लेखन, नेत्र भण्डारीको संगीत, बिनोद बाजुरालीको एरेन्जमा निर्मित गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोतर्फ कृष्ण कँडेल, पि.एन. सापकोटा, सावित्री भुजेल, प्रतिमा कँडेल, उदिराम खड्का, बिमला खडका, अमृता लुङ्गेली मगर, सम्झना लामिछाने मगरको अभिनय देख्न सकिन्छ ।

 

राजेश घिमिरेको छायाँङ्कन एवं विष्णु शर्माको सम्पादनमा तयार भएको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् ।

तिहार पर्वमा खेलिने देउसी भैलोमा केन्द्रित भएर निर्माण गरिएको गीत ‘Amrita Lungeli Magar‘ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको भिडियोः

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.