विश्वरामको ‘घाँस काटे’ गीति भिडिओ सार्वजनिक

काठमाडौं । लोकदोहोरीको गीतमाझ नयाँ गीत बजारमा आएको छ । ललितपुर महाँकाल गाउँपालिका वडा नं. ६ गुमराङ स्थायी घर भएका तिमल्सिना सांगितिक क्षेत्रमा नव कलाकारसँगै निर्माताको रुपमा आएका छन् ।

यस अघि मसाने गीतमा अभिनय गरेका तिमल्सिनाको निर्माण र गायनमा बनेको यो पहिलो गीत हो । प्रेम विषयको आधार वरपर नै बहने गीतमा प्रेमिल भावनालाई सांगितिक रुपमा प्रस्तुत गरिएको छ । गीत गोपाल तिमल्सिनाले लेखेका हुन् ।

गीतमा विश्वराम तिमल्सिनासँगै देवी खड्काले सुमधुर आवाज दिएका छन् । गीतको भिडियोमा उनै विश्वराम तिमल्सिना र सुनिता कालिकोटेले अभिनय गरेका छन् । गोपाल तिमल्सिना निर्देशित गीती चलचित्रको छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् ।

यसैगरी गीतको कुशल सम्पादन विनोद बमले गरेका छन् । जिटी म्युजिक प्रा.लि.को प्रस्तुतिमा निर्मित गीत ‘हाइलाइट नेपाल’ आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीत ११ हजार भन्दा धेरै पटक हेरिइसकिएको छ ।

 

गीतको पूरा भिडियो हेर्न तल युट्युब बटनमा थिच्नुहोस्ः 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.