विर्मा खड्काको ‘महासप्ताह आरती भजन’ सार्वजनिक


काठमाडौं । गायिका विर्मा खड्काको शब्दमा ‘महासप्ताह आरती भजन’ सार्वजनिक भएको छ ।
लोक भजनको शैलीमा प्रस्तुत गरिएको गीत धर्मकर्मसँग सम्बन्धित रहेको छ । गीतमा विर्मा खड्काको साथमा भवाणी खकुरेल पाण्डे र मनोज खड्काले आवाज भरेका छन् । भजनको रिमा रेकर्डिङ स्टुडियोमा मनोज खड्काले एरेन्ज गरेका छन् ।
भजनको भिडियोमा सम्प्रिया खड्का, विवेक खड्का, विर्मा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
उदिराम खड्काको निर्देशनमा निर्मित भिडियोको दिनेश विष्टले छायांकन गरेका छन् भने कलाकार विवेक खड्काले सम्पादन गरेका हुन् ।
भजनमा भुवन गन्र्धव, रत्न विक, प्रकाश केसी र मदनको कुशल वाद्यवादन रहेको छ । गीतको भिडियो काठमाडौंको त्रिपुरेश्वर शिवमन्दिरमा सुटिङ गरिएको गायिका विर्मा खड्काले जानकारी दिइन् ।
सत्यवती मिडियमा फिल्मस्को ब्यानरमा निर्माण गरिएको गीत ‘सत्यवती फिल्मस्’ नामको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गायिका खड्काले जानकारी दिइन् ।
गीतको पूरा भिडियो हेर्नुहोस्ः