सरस्वतीनगर सुधार संघको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सरस्वतीनगर सुधार संघको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सरस्वती नगर सुधारसंघका सचिव शालिकराम तिमिल्सिनाले संघले आ.व. ०७७/०७८ र ०७८/०७९ मा गरेका कामहरुको कार्य प्रगति बिवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष बद्रीकुमार उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि का.म.पा. वडा नं.६ का वडाध्यक्ष लामाले सरस्वतीनगर सुधार संघले सामाजिक क्षेत्रमा पुऱ्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । वडाध्यक्ष लामाले सुधार संघले वडा कार्यालयल जत्तिकै सामाजिक बिकासका कामहरुलाई पूरा गर्न सफल रहदै आएको बताउनु भयो । वडाध्यक्ष लामाले सुधार संघको योजनाहरु वडा कार्यालयले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं सुधार संघका अध्यक्ष पेशल कुमार पहाडीले आफु निर्वाचित भएर आएदेखी सुधार संघको कार्यक्षेत्र भित्र ढल, सडक कालो पत्रे, सडक ढलान, फोहोर मैला ब्यवस्थापन, सडक बत्ती लगाएत धेरै कामहरु सम्पन्न भएको बताउनुभयो । आगामी कार्यकालका लागि सरस्वतीनगर वासीले निर्वाचित वा सर्वसम्मत रुपमा आफूलाई अनुमोदन गरेर बाँकी कार्यहरु पूरा गर्ने प्रतिबद्धता अध्यक्ष पहाडीले राखेका छन् ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का राजु अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराई, संघका सल्लाहकार रोजन गुरुङ, संघका पुर्व अध्यक्ष रघुनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ६ का कार्यसमिति सदस्यहरु, शान्तिनगर टोल सुधार समिति अध्यक्ष शोभा खरेल (उप्रेती), सुधार संघका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत सरस्वतीनगर वासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष अष्ठबहादुर गुरुङले राख्नुभएको थियो । साधारणसभाले २ वर्षे कार्यकालमा भएका कामहरुलाई अनुमोदन गरेको छ ।

आगामी कार्यकालको कार्यसमिति पदाधिकारीहरुको निर्वाचनका लागि स्थानीय समाजसेवी खगेन्द्र उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती समेत गठन गरिएको छ । कार्यक्रममा सुधार संघमा आर्थिक सहयोग गर्नुहुने चन्दादाता एवं समाज सेवीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.