‘पर हुँदै गयौ तिमी’ सार्वजनिक

काठमाडौं । पर हुँदै गयौ तिमी’को म्युजिक भिडियो सार्वजनिक सार्वजनिक भएको छ । गीतले पुरानो पुस्ता र नयाँ पुस्तालाई नजिक्याउने काम गरेको छ । गीतकार रमेश पौडेलले २०४३ सालमा लेखेको गीत २०५० सालमा नै रेकर्ड भएको थियो ।

उतिबेलाका चर्चित गायक जुजुकाजी रञ्जितको मधुर गायन एवं वरिष्ठ सङ्गीतकार बुलु मुकारुङको सुमधुर सङ्गीतले उतिबेला निकै चर्चा कमाउन सफल भएको थियो ।

संसारको साङ्गितक महौल अहिले सुन्ने भन्दा पनि सुन्ने हेर्ने रुपमा सामाजिक सञ्जाल युट्युबले परिवर्तन गरिदिएको छ । २०५० सालको गीत झण्डै ३० वर्षपछि अहिले श्रव्यदृश्य रुपमा दर्शकमाझ आएको छ ।

गीतको भिडियोमा नयाँ अनुहार मनिषा आचार्य र कृष्ण भण्डारीले सशक्त अभिनय गरेका छन् । गीतको निर्देशन दिनेश घिमिरेले गरेका छन् ।

उत्पादन मेनेजर सुमन बस्नेत रहेको गीतको छायाङ्कन र सम्पादन मिलन ढुंगानाले गरेका छन् । गीत ‘आवरण क्रियसन’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

गीत हेर्न एवं सुन्नका लागि तलको लिंकमा जानुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.