बनेपामा राष्ट्रपति भण्डारीद्वारा ब्रह्मा‌ पार्क उद्घाटन

नाला । काभ्रेको बनेपा नगरपालिका वडा नं. ४ नालामा नवनिर्मित दश  ब्रह्माको प्रतिमा अनावरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ब्रह्मा प्रतिमासँगै ब्रम्हापार्क उद्घाटन गर्नुभएको छ ।  नालामा निर्मित विश्वको तेस्रो एवं नेपालकै पहिलो १० अवतारसहितको ४० फिट अग्लो ब्रह्मा प्रतिमा काभ्रेमा धार्मिक पर्यटनको गन्तव्य रहने विश्वास लिइएको छ ।

अनावरण तथा पार्क उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपमा काभ्रे जिल्लाको पहिचान थपिएको बताउनुभयो ।

नेपालकै पहिलो दशावतार सहितको मूर्ति स्थापना भएसँगै यसले काभ्रेको पहिचानलाई थप टेवा पुग्ने राष्ट्रपति भण्डारीको भनाई छ ।

महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजका अध्यक्ष पुरुषोत्तम सापकोटाको सभापतित्वमा  अनावरण कार्यक्रममा  पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा, बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम को सहजीकरण सचिव श्याम सापकोटाले गर्नुभएको थियो ।


 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.