ठेचोमा वेथेगल टोल विकास समितिको चौंथो स्थापना दिवस

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा वेथेगल टोल विकास समितिले तीन वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको पावन अवसरमा आज शुक्रबार चौंथो स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम समितिकी अध्यक्ष निर्मला क्षेत्रीको सभाध्यक्षतामा, नेकपा एमालेका युवा नेता एवं ललितपुर जिल्ला,क्षेत्र नं.३(क) वाग्मती प्रदेश सभाका सांसद रघुनाथ महर्जनको प्रमुख आतिथ्यमा चौंथो स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा ठेचो गाविस पूर्वअध्यक्ष रामकृष्ण बोहोराको विशेष आतिथ्यमा,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरुको आतिथ्यमा आयोजित कार्यक्रमको संचालन समितिकी सदस्य कल्पना राई र स्वागत मन्तव्य समितिका उपाध्यक्ष टेकरनाथ तिमल्सिनाले गर्नु भएको थियो ।

प्रमुख अतिथि एवं सांसद रघुनाथ महर्जनले चार वटा मैन बत्ती बालेर समुदघाटन गर्नु भएको कार्यक्रममा समितिका संस्थापक, सल्लाहकार, पदाधिकारी, सक्रिय सदस्यहरु, टोलवासी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.