अशक्त, अपाङ्ग र विपन्नलाई तारा बहादुर कुँवरको साथ
बनेपा । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ का सभापति समाजसेवी, व्यवसायी, अभियन्ता तारा बहादुर कुँवरले काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न ठाउँमा अशक्त अपांग परिवारलाई सहयोग गर्दै आइरहेका छन् । रोटरी क्लब अफ त्रिपुरेश्वरको १००० औ मिटिङको उपलक्ष्यमा अशक्त बिरामीहरुको लागि क्लबले ह्विलचियर, कमबोर्ड चेयर, वाकर र क्रचेज निःशुल्क वितरण गरिएको जनाए ।
समाजसेवी कुँवरले रोटरी क्लब अफ त्रिपुरेश्वरको प्रतिनिधित्व गर्दै पाँचखाल नगरपालिका वडा नं. १ निवासी विपन्न परिवारकीे प्यारालाइसिस भएकी ठुली माया तामाङ, पाँचखाल नगरपालिका वडा नं. १ निवासी अपाङ्गता भएका वीर बहादुर तामाङ, पाँचखाल नगरपालिका वडा नं. ४ निवासी एकल महिला फुल माया दनुवारलाई ह्विलचेयर वितरण गरेका हुन् ।
समाजसेवी कुँवरले विगत ४ महिनाको समयमा ह्विलचियर, कमबोर्ड चेयर, वाकर र क्रचेज जस्ता सामग्री ४० थान वितरण गरेको जानकारी दिए । समाजसेवालाई उच्च स्थानमा राखेर आफ्नो तवरबाट हुने सामाजिक कामलाई नियमित गरिरहने समाजसेवी कुँवरले काभ्रेपोष्टलाई जानकारी गराए । कुँवरका अनुसार अशक्त, अपाङ्ग र विपन्न परिवारलाई ह्विलचेयर, कमबोर्ड चेयर, वाकर र क्रचेजजस्ता सामग्र्री चाहिएमा आफूलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
त्यस्तै यही असोज १४ गते सोमबार पनौती नगरपालिकाका विभिन्न वडा ५, ७, ८ र ९ मा अशक्त अपाङ्ग र विपन्न परिवारलाई ह्विलचेयर, वैशाखी, वाकर, कम्बोर्ड ट्वाइलेट लगायतका सामग्री वितरण गरिने कुँवरले जानकारी दिए । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा उक्त सामग्रीहरु वितरण गर्न लागिएको हो ।