हाजिरी अनुगमन

छड्के हाजिरी अनुगमन सुरु, अनुपस्थित हुनेमा पुरुष कर्मचारी बढी

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छड्के हाजिरी अनुगमन सुरु गरेको छ । कर्मचारी अनुपस्थित हुँदा सेवाग्राहीलाई मार पर्ने भन्दै अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो । जिल्लाका ६ वटा सरकारी कार्यालयमा गरेको अनुगमनमा २४ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । अनुपस्थित कर्मचारीहरुमा ३ महिला...