Tag: लायन्स क्लब

  • लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न

    लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न

    काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित अन्य २० क्लबको सह–आयोजनमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतियोगिता सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रम आयोजना गरिएको थियो । तारकेश्वर नगरपालिका ६ नम्बर वडाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरी महर्जनले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता उत्कृष्ट भएको बताउनु भयो । बिजेता विद्यालय र विद्यार्थीहरुलाई बधाई दिदै नगर प्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । लायन्सले गरेको हाजिरीजवाफ प्रतियोगिता अनुकरणिय सामाजिक कार्य भएको भन्दै आगामी दिनमा समेत नगरपालिका र लायन्सले सँगै काम गर्ने बताउनुभयो । लायन्सले नगरपालिकालाई बिभिन्न स्वास्थ्य क्षेत्रमा सेमत सहयोग गरेको बताउनु भयो ।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सृजनात्मक कार्य रहेको बताउनु भयो । टोखा नगरपालिकाले सामाजिक रुपान्तरण कार्यक्रममा लायन्स क्लबलाई सदैव सहयोग र साथ दिने बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर अभिवृद्धिका लागी लायन्स कलबले आयोजना गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुभयो ।

    प्रतियोगितामा प्रथम हुने फुटुङ मा. वि.ले १ लाख नगद, दोस्रो हुने नौलिङ मा. वि.ले ५० हजार नगद, तेस्रो हुने मनमैजु मा. वि.ले २५ हजार नगद सहित प्रमाणपत्र, मेडल प्राप्त गरेको थियो । कार्यक्रममा लायन्स क्लब ३२५ यचका गभर्नर सम्भु बहादुर थापा, पि. एम. सि. सि. पंकज प्रधान, सुबोध फाउन्डेसनका अध्यक्ष प्रमोद तिमल्सिना, ग्यात लिडर खगेन्द्र सिटौला, फर्स्ट भिडीजी, सेकेण्ड भिडीजी, पिडीजी, क्याबिनेट सेक्रेटरी लगायत लायन्स लिडरहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रमको सभापतित्व हाजिरीजवाफ प्रतियोगिताका संयोजक रामकृष्ण बिसीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन आइपिडिजी दिनेश प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

     

  • हाजिरी जवाफ प्रतियोगिता हुँदै

    हाजिरी जवाफ प्रतियोगिता हुँदै

    काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता – २०८० आयोजना हुँदैछ ।

    लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो ।

    यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ । क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ ।

    लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो ।

    क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ ।

  • लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन काठमाडौं

    काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन हुनुभएको छ । चन्द्रागिरी न.पा. स्थित पातलेबन विनेयार्ड रिसोर्टमा सम्पन्न क्लबको संयुक्त भेलाले पुष्कर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबका अध्यक्ष गान्धर्वराज पौडेल लगायतका पदाधिकारीहरुको पदावधि जुन ३० बाट सकिने हुँदा क्लबले लायन वर्ष २०२३/२०२४ का लागि अर्यालको नेतृत्वमा नयाँ पदाधिकारीहरुको चयन गरिएको छ ।

    सोही अवसरमा क्लबको संयुक्त भेलाले फस्ट भाइस प्रेसिडेन्ट कृष्ण प्रसाद खनाल, सेकेण्ड भाइस प्रेसिडेन्ट प्रतिक अधिकारी, थर्ड भाइस प्रेसिडेन्ट कुमारप्रसाद घिमिरे, सचिव युवराज दाहाल र कोषाध्यक्षमा विष्णुप्रसाद घिमिरेलाई मनोनयन गरेको क्लबका २०२२/२०२३ का सचिव कुमार प्रसाद घिमिरेले रहनुभएको थियो। त्यसैगरी सदस्यहरुमा क्लबका चाटर्ड प्रेसिडेण्ट हरिप्रसाद दाहाल, पास्ट प्रेसिडेन्टहरु लेखनाथ दाहाल, तेजप्रसाद धमला, चित्रकुमार दाहाल, जीवनाथ खतिवडा, इमिडिएट पास्ट प्रेसिडेन्ट गान्धर्वराज पौडेल, देवीप्रसाद दाहाल, दिपकप्रसाद दाहाल, वाशुदेव भण्डारी, रितबहादुर जमरकट्टेल (गणेश), सुमित जैन, दिपकप्रसाद चौलागाँई, यादवप्रसाद कोइराला र दिनेशकुमार मगर मनोनित हुनुभएको छ ।

    २०७३ साल मंसिर १३ गते लायन्स क्लबस् अन्तर्राष्ट्रियमा दर्ता रहेको क्लबले आफ्नो उद्देश्य नै “समाज सेवा गर्नु हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतको क्षेत्रमा काम गरिरहेको क्लबका चाटर्ड प्रेसिडेन्ट हरिप्रसाद दाहालले जानकारी दिनुभयो । सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरेको लायन्स क्लब नेपालमा भने वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अगुवाईमा पूर्वी नेपालको विराटनगरबाट सुरुवात भएको बताइएको छ ।