जिल्ला सहकारी संघ काभ्रेमा नयाँ नेतृत्व निर्वाचित
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकमा नयाँ नेतृत्व निर्वाचित भएको छ । सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनका अमन पोटे श्रेष्ठ १९० मत सहित विजयी भएका हुन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार राजन शाक्यले ४१ मतान्तरले पराजित हुने पुगे । शाक्यले १४९ मत प्राप्त गरेका हुन् । चुनावी प्रक्रियामा सहभागी हुन नेकपा एमाले विरुद्ध नेपाल काँग्रेस,
चौरीदेउराली । चौरीदेउराली गाउँपालिका वडा नं.५ रैकर स्थित हरि चौलागाईंले सञ्चालन गर्नुभएको कुखुरा फार्ममा विद्युत्त सर्ट भई आगलागी हुँदा २० लाख माथिको क्षति भएको फार्म सञ्चालक चौलागाईंले काभ्रेपोष्टलाई बताए । आज बिहान ७ः०० बजे अचानक विद्युत्त सर्ट भई आगो लाग्दा अन्डा दिने लेयर्स जातका २ हजार कुखुरा जलेर नष्ट भएको चौलागाईंले जानकारी दिए । केही
बनेपा । बनेपा ब्वाईज क्लब (बिबिसी) को आयोजनामा बनेपा महोत्सव २०८१ आयोजना हुने भएको छ । मेला बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसर र अगाडि रहेको खाली जग्गामा हुने बताइएको छ । बुधबार महोत्सवको गरिमालाई उजागर गर्न र मेलाको औचित्य बारे प्रष्ट पार्न जिल्लामा क्रियाशील संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।