नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी

काठमाडौँ । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरको रुपमा मह जोडी नियुक्त भएका छन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय हास्यव्यंगका हस्तीद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आगामी एक वर्षको लागि टेलिकमको ब्रान्ड एम्बेसडरको रुपमा काम गर्नेछन् ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै महजोडीसँग भएको सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगिता पहाडी र महजोडीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्वपूर्ण भएको बताउँदै ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास गरिन् ।

ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए ।

टेलिकमको ब्रान्ड एसेम्डरमा यसअघि सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्याय ‘ब्राण्ड प्रमोटर’ को रुपमाम नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.