फोनिज काभ्रेले दियो मोबाइल पत्रकारिता सम्बन्धी चार दिने तालिम

धुलिखेल । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा मोबाइल पत्रकारिता सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा जनजाति पत्रकार र यस क्षेत्रमा नवप्रवेशीलाई तालिममा सहभागी गराइएको फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

‘पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार’ भन्ने मूल नारालाई आत्मसात गर्दै तालिम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै फोनिज केन्द्रिय अध्यक्ष गजुरधन राईले बिक्ने, सिक्ने र टिक्ने पत्रकारिता गर्नुपर्ने बताउनुभयो । पत्रकारमा व्यावसायिक दक्षता वृद्धि गर्न तालिम कार्यक्रम महत्वपूर्ण हुने अध्यक्ष राईको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष बद्रिराज तिमल्सिनाले सिर्जनशील कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै प्रविधिसँग सम्बन्धित तालिमले पत्रकारिता कर्मलाई थप राम्रो बनाउन सक्ने धारणा राख्नुभएको थियो ।

 

समापन कार्यक्रम रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर तामाङ, फोनिज केन्द्रिय अध्यक्ष गजुरधन राई, काभ्रेका अग्रज एवं क्रियाशील पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.