ज्ञानकुञ्जका विद्यार्थीहरु विभिन्न पेशा तथा क्षेत्रहरुमा नेतृत्वदायी भूमिकामा छन्ः नवराज चौलागाई, सहायक कलेज प्रमुख

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित अग्रणी शैक्षिक संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध संस्थाले गुणस्तरिय शिक्षा प्रदान गरि विभिन्न क्षेत्रका लागि प्रतिस्पर्धी जनशक्ति निर्माण गर्दै आएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासँगै विभिन्न रचनात्मक कार्यहरु गर्दै विद्यार्थी, अभिभावक र समाजलाई जोड्न अतिरिक्त क्रियाकलाप गरि विद्यार्थीहरुको समग्र व्यक्तित्व निर्माणमा प्रभावकारी भूमिका खेल्दै आइरहेको छ ।

प्रतिष्ठानले एकै छानोमुनि प्ले ग्रुपदेखि स्नाकोत्तर तहसम्म शिक्षा प्रदान गर्दै आएको छ । हालै सम्पन्न एस.ई.ई. परिक्षामा पनि ज्ञानकुञ्जका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका छन् ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउनका लागि आधुनिक सिकाई प्रणाली तथा विद्यार्थी मैत्री पठन पाठनको व्यवस्था मिलाएको जनाएको छ । हाल एस.ई.ई.परीक्षामा उत्तीर्ण भई कक्षा ११ व्यवस्थापन संकायमा आफ्नो अध्ययन अगाडि बढाउन ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान नै किन ? भन्ने विषयमा  सहायक कलेज प्रमुख नवराज चौलागाईंको अन्तर्वार्ताको सारसंक्षेप:

 

 

 

 

 

 

 

♦ नवराज चौलागाई, सहायक कलेज प्रमुख

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

बनेपा–८, काभ्रेपलाञ्चोक

 

 

Ο एसइइ पास विद्यार्थीहरुले ज्ञानकुञ्जलाई किन रोज्ने?
एसइइको नतिजा आएको हप्तादिन बढी भै सकेको छ । एसइइमा पास भइ आफ्नो शैक्षिक गन्तब्य चयन गर्न लाग्नु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान प्ले ग्रुपदेखि स्नाकोत्तर तह सम्म पढाई हुने एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफूलाई प्रमाणित गरी सकेको छ । विगत १६ बर्ष देखी व्यवस्थापन संकाय मात्र पठन पाठन गराउँदै आएको छ । नतिजामा काभ्रे जिल्लामा नै उत्कृष्ट नतिजा ल्याई विद्यार्थीहरुलाई जिल्ला प्रथम गराउन सफल भएको छ । तसर्थ कक्षा ११ मा व्यवस्थापन संकाय लिई अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि पहिलो रोजाइमा पर्दै आएको छ ।

Ο ज्ञानकुञ्ज जिल्लामै उत्कृष्ट नतिजा कसरी प्राप्त गर्न सफल भएको हो ?
नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने नारा लिएर सो लक्ष्य प्राप्त गराउन विद्यार्थीहरुलाई एकीकृत लक्ष्य निर्धारण गराई अगाडि बढाउँछ । त्यसको लागि अनुभवी अध्यापकहरु, त्रिभुवन विश्वविद्यालयबाट विशेषज्ञ प्राध्यापहरुको भिजीटिङ्ग कक्षाहरु, प्रविधिमैत्री अत्याधुनिक कक्षा, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, विद्यार्थीहरु बिच टिम वर्क जस्ता सिकाई तथा विद्यार्थी मैत्री पठन पाठनको व्यवस्था लगाोत अन्य व्यवहारिक तथा व्यवसायिक शिक्षाको नविनतम विधीको कारणले नै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।

Ο व्यवस्थापन विषय विद्यार्थीहरुको लागि किन आकर्षक बनेको छ ?
व्यवस्थापन विषय ‘युनिभर्सल फेनोमेनान’ हो । व्यवस्थापन पढेर विद्यार्थीहरुले कार्यालय व्यवस्थापन र उद्यमशिलता वृद्धिको निमित्त विशेष सिप हासिल गर्न सक्दछन् । सरकारी क्षेत्र, बैकिङ्ग तथा विमा क्षेत्र, औद्योगिक क्षेत्र, एन.जी.ओ, आइ, एन.जि.ओ, प्रहरी प्रशासन, सुरक्षा निकाय, धितो तथा पुँजी बजार लगायत हरेक क्षेत्रमा व्यवस्थापकिय सिप हासिल गरेका दक्ष जनशक्तिको देश विदेशमा उच्च माग रहेको छ । तसर्थ ती क्षेत्रहरुमा अत्याधिक रोजगारीको माग भएकाले सजिलै रोजगारीको अवसहरु पाउने भएरै आजको दिन व्यवस्थापन विषयको माग उच्च रहेको हो । साथै विद्यार्थीहरु सोही विषय पढ्दा पढ्दै पनि आफूलाई मन पर्ने व्यवसाय गरि कम उमेरमा सजिलै आत्मनिर्भर हुन सक्ने भएरै हो ।

Ο ज्ञानकुञ्जले विद्यार्थीहरुलाई के के सुविधा दिएको छ ?
हामीले विद्यार्थीहरुको बहुआयामिक विकास होस भनी विविध सुविधाहरु प्रदान गरेका छै । शत प्रतिशत छात्रबृत्ती, आधुनिक शिक्षण प्रणाली, डिजिटलयुक्त शिक्षण प्रणाली, रिसर्चमा आधारित शिक्षण कृयाकलापका सुविधाहरु भए भने, भौतिक तर्फ सुविका सम्पन भवन, खेलमैदान, हल, प्रयोगशालाका साथै यातायातको सुविधा, जसमा पाँचखाल, काभ्रेभञ्याङ्ग, पनौति, कुशादेवी, संखु, रविओपि लगायतका क्षेत्रमा यातायतको सुविधा प्रदान गरेका छौँ । त्यस्तै आधुनिक कक्षाकोठा, खेलकुद मैदान, खेलकुदका विविध सामाग्री तथा प्रतियोगिताहरु सञ्चालन गरी विद्यार्थीको वृत्तीविकासको लागि यावत सुविधाहरु उपलब्ध छन् ।

Ο व्यवस्थापन संकाय भित्र कुन कुन विषयहरु पढ्न पाइन्छ ?
विश्वबजारको माग अनुसार राष्ट्रिय परीक्षा वोर्ड तथा पाठ्क्रम विकास केन्द्रले विविध विषयहरु पढाउन सकिने गरी विषयहरु छनोट गर्ने सुविधा दिएको छ । सोही कुरालाई ध्यानमा राखी हामीले होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम माउन्टेरिङ्ग, कम्प्युटर साइन्स, अर्थशास्त्र, विजनेश स्टडिज, बिजनेश म्याथ लगाएतका विषयहरु पढ्न पाइन्छ । मलाई लाग्दछ हामीले काभ्रे जिल्लामानै १६ वर्ष पहिले पहिलो पटक होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम माउन्टेरिङ्ग अध्ययन र कम्प्युटर साइन्स विषय पढाउन सुरु गरेका हौ । र विद्यार्थीहरुको व्यवस्थापन संकायमा पहिलो रोजाई यही विषयहरु बनेको छ । साथै यस प्रतिष्ठान बाट उत्पादित विद्यार्थीहरुले देश तथा विदेशमा पनी उच्च ओहदामा रहि आ–आफ्नो पेशा, व्यवसायमा नेतृत्व गरिरहेको देख्न सुन्न पाउँदा औधि खुसी लाग्छ ।

Ο ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका संचालकहरुको भूमिका र दायित्व के हो ? स्पष्ट पार्नुहोस् ।
नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुल नाराका साथ संचालित यस संस्थाका संचालकहरु व्यावसायिक तथा सामाजिक रुपमा सफल व्यक्तित्वहरु भएका कारण हाम्रा विद्यार्थीहरुलाई मेहनतका साथ पढाईका साथ साथै निरन्तर रुपमा उद्यमी तथा व्यवसायमा लाग्न उत्प्रेरणा जगाई राष्ट्र निर्माणमा हातेमालो गर्न सदा सर्वदा हौसला प्रदान गर्दै, संस्थागत तथा व्यक्तिगत रुपमा महत्वपूर्ण सरसहयोग पुऱ्याउँदै आएको छ । त्यसै कारण हाम्रा विद्यार्थीहरु पढाईका साथ साथै विभिन्न पेशा तथा क्षेत्रहरुमा नेतृत्वदायी भूमिकामा सफलता हासिल गरिरहेका छन् ।

Ο अन्त्यमा, १.६  जि.पि.ए. ल्याउने विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
एसइइले १.६ जी.पि.ए. ल्याउने विद्यार्थीहरुले जुन विषयहरु पनि पढ्न पाउने नयाँ प्रावधान यस पटक राखेको छ । तसर्थ विद्यार्थीहरुले आफ्नो क्षमता र दक्षतालाई ध्यानमा राखेर मात्र संकाय छनोट गर्न सुझाव दिन्छु । आफ्नो क्षमता र कौशलता भन्दा बढी मेहनत गर्नुपर्ने संकाय छनोट गर्दा जीवनमा ठूलो क्षति र असफलता प्राप्त गर्नुपर्ने हुन सक्छ । तसर्थ यसमा धेरै सजक हुन जरुरी देख्दछु । त्यसको लागि हामीले करियर काउन्सेलीङ्गको समेत व्यवस्था गरेका छौँ । विद्यार्थीहरुले त्यसको सुविधा हाम्रै प्रतिष्ठान प्राङ्गणबाट लिन सक्नुहुन्छ । अध्ययन गर्दा गदै नै उच्च शिक्षाको साथ साथै व्यवसाय पनि संगै लैजान सकिने संकाय हो । विद्यार्थी एवं अभिभावकहरूलाई व्यवस्थापन विषय सम्बन्धी अन्य जानकारीको लागि कलेजमा सम्पर्क गर्नुहनु अनुरोध गर्दछुँ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.