लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन काठमाडौं

काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन हुनुभएको छ । चन्द्रागिरी न.पा. स्थित पातलेबन विनेयार्ड रिसोर्टमा सम्पन्न क्लबको संयुक्त भेलाले पुष्कर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबका अध्यक्ष गान्धर्वराज पौडेल लगायतका पदाधिकारीहरुको पदावधि जुन ३० बाट सकिने हुँदा क्लबले लायन वर्ष २०२३/२०२४ का लागि अर्यालको नेतृत्वमा नयाँ पदाधिकारीहरुको चयन गरिएको छ ।

सोही अवसरमा क्लबको संयुक्त भेलाले फस्ट भाइस प्रेसिडेन्ट कृष्ण प्रसाद खनाल, सेकेण्ड भाइस प्रेसिडेन्ट प्रतिक अधिकारी, थर्ड भाइस प्रेसिडेन्ट कुमारप्रसाद घिमिरे, सचिव युवराज दाहाल र कोषाध्यक्षमा विष्णुप्रसाद घिमिरेलाई मनोनयन गरेको क्लबका २०२२/२०२३ का सचिव कुमार प्रसाद घिमिरेले रहनुभएको थियो। त्यसैगरी सदस्यहरुमा क्लबका चाटर्ड प्रेसिडेण्ट हरिप्रसाद दाहाल, पास्ट प्रेसिडेन्टहरु लेखनाथ दाहाल, तेजप्रसाद धमला, चित्रकुमार दाहाल, जीवनाथ खतिवडा, इमिडिएट पास्ट प्रेसिडेन्ट गान्धर्वराज पौडेल, देवीप्रसाद दाहाल, दिपकप्रसाद दाहाल, वाशुदेव भण्डारी, रितबहादुर जमरकट्टेल (गणेश), सुमित जैन, दिपकप्रसाद चौलागाँई, यादवप्रसाद कोइराला र दिनेशकुमार मगर मनोनित हुनुभएको छ ।

२०७३ साल मंसिर १३ गते लायन्स क्लबस् अन्तर्राष्ट्रियमा दर्ता रहेको क्लबले आफ्नो उद्देश्य नै “समाज सेवा गर्नु हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतको क्षेत्रमा काम गरिरहेको क्लबका चाटर्ड प्रेसिडेन्ट हरिप्रसाद दाहालले जानकारी दिनुभयो । सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरेको लायन्स क्लब नेपालमा भने वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अगुवाईमा पूर्वी नेपालको विराटनगरबाट सुरुवात भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.