मण्डनदेउपुर नगरपालिकामा न्यायिक समितिको अन्तरक्रिया

मण्डनदेउर । मण्डनदेउपुर नगरपालिकामा न्यायिक समितिको सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मण्डनदेउपुर नगरपालिकाले गरेको न्यायिक क्षेत्रको कार्य प्रगति एवं विविध न्यायिक विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मन्जु गौतमले मण्डनदेउपुर नगरपालिकाले न्यायिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नुभयो । साथै न्यायिक समितिले जनतालाई धेरै राहत प्रदान गरेको समेत बताउनुभयो । नगरपालिका भित्रका सामान्य विवादहरुलाई अदालत वा प्रहरीमा नपु¥याई न्यायिक समितिले नै न्याय सम्पादन गरेको र निष्पक्ष रुपमा फैसला सुनाउने गरेको जिसस उपप्रमुख गौतमले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घरेलु हिंसा, लैंगिक हिंसा, बलात्कार जस्ता हिंसा न्यूनीकरण गर्न सबै जना सचेत भएमात्र कम हुने बताउनुभयो । न्यायिक समितिको कार्यक्षेत्र के कस्ता न्यायिक कार्य सम्पादन गर्ने जस्ता कुराहरु जनताले थाहा पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले नगर न्यायिक समिति र प्रहरीले हेर्ने मुद्दाहरु छुट्याई सहजीकरण हुनुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो प्रहरी मातहतमा समेत नल्याउनु पर्ने मुद्दा स्थानीयलाई थाहा नभएर प्रहरी समक्षा आउने गरेको जिकिर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक निर्मला शाहीले हालसम्मको कार्यप्रगतिको प्रस्तुतीकरण गर्नुभएको थियो । मण्डनदेउपुर नगरपालिका न्यायिक समितिले विभिन्न मुद्दाको न्याय निरुपण गर्दै आएको शाहीले जानकारी दिनुभयो । न्यायिक समितिमा आएका मुद्दा विवादहरु छलफल एवं अन्तरक्रियाबाटै निरुपण, मिलापत्र भएको उपप्रमुख शाहीले जानकारी दिनुभयो । उपप्रमुख शाहीले न्यायिक समितिले प्रत्येक महिना दुई चोटि बैठक बस्ने र आवश्यक इजलास राख्ने गरिएको बताउनुभयो । साथै मण्डनदेउपुर नगरपालिका न्यायिक समितिले देशका विभिन्न नगरपालिका गाउँपालिकाका न्यायिक समितिसँग अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताउनुभयो । हालसम्म न्यायिक समितिमा २१९ मुद्दा दर्ता फर्छ्यौट १८० र बाँकी ३९ मुद्दा रहेको न्यायिक समिति संयोजक निर्मला शाहीले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत लोक बहादुर लोप्चन, काभ्रे जिल्ला अदालत बार ईकाईका अध्यक्ष विष्णु सापकोटा, वडा अध्यक्ष डिल्ली आचार्य र झलक प्रसाद पौड्याल, कार्यपालिका सदस्यहरु, विभिन्न सघं संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने
काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको लागि नेपाली सेना परिचालन गरिने भएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेसँगै निर्वाचन सुरक्षार्थ सेना परिचालन गर्ने बाटो खुलेको हो । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा पेश गरेको थियो । योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रोटरी क्लब अफ काभ्रे भ्यालीको सहयोग जिल्ला अदालतलाई
धुलिखेल । रोटरी क्लव अफ काभ्रे भ्यालीले जिल्ला अदालत काभ्रेलाई पाँच थान डेस्कटप कम्प्युटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रोटरी क्लब अफ काभ्रे भ्यालीले जिल्ला अदालतमा प्रशासनिक कामहरु छिटो छरितो एवं सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले डेस्कटप कम्प्युटर सहयोग गरेको हो । क्लबले सामाजिक संघसंस्था सुचनाप्रविधि मैत्री साथै सरकारी निकायको काम छिटो छरितो होस् भन्ने योजना अनुसार सहयोग गरेको रोटरी क्लव अफ काभ्रे भ्यालीका संस्थापक अध्यक्ष अनुप श्रेष्ठले बताउनुभयो । डेस्कटप कम्प्युटर हस्तान्तरण कार्यक्रममा जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराई, जिल्ला न्यायाधिश महेन्द्रराज काफ्ले, श्रेस्तेदार गोविन्द घिमिरेको रोहबरमा क्लवका अध्यक्ष अनुप श्रेष्ठ सहितको टोलीले कम्प्युटर हस्तान्तरण गरेको थियो । सेवाग्राहीहरुलाई सजिलो होस् साथै जिल्ला अदालत प्रविधिमैत्री होस् भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरेकोमा जिल्ला अदालत काभ्रेका श्रेस्तेदार गोविन्द घिमिरेले रोटरी क्लब अफ काभ्रे भ्यालीलाई धन्यवाद व्यक्त गर्नुभयो । रोटरी क्लव अफ काभ्रे भ्यालीले यस अघि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकलाई पनि डेस्कटप कम्प्युटर, प्रिन्टर लगायतको सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.