एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण

तेमाल । तेमाल गाउँपालिकाले विदुर तथा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बिच पालिकाका १ सय जना विदुर पुरुष तथा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण वितरण गरेको हो । गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका विदुर तथा एकल पुरुषलाई मासिक २ हजारका दरले २०७८ साउनदेखि चैत्रसम्म गरी ९ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । ६० वर्ष पूरा भएको र ७० वर्ष ननाघेका विदुर पुरुषका लागि भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १ बाट ६ जना, २ बाट १३ जना ३ बाट ५ जना, ४ बाट ११ जना, ५ बाट १२ जना, ६ बाट १५ जना, ७ बाट १८ जना ८ बाट १३ जना र ९ बाट ७ जना विदुर तथा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिका सामाजिक शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्याक्रममा उल्लेख भए अनुसारको पालिकभित्र रहेका विदुर तथा एकल पुरुषहरुलाई भत्तादिने कार्यक्रमलाई कार्यान्वयन गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार सरकारले दलित बालबालिका, अपांगता भएका, एकल महिलालाई भत्ता दिदै आएपनि काभ्रेको तेमाल गाउँपालिकाले भने नयाँ कार्यक्रम स्वरुप विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको भन्दै यो कार्यक्रम लागु गरिएको बताए । आफूले गाउँका जेष्ठ नागरिकहरुको दुःख देखेको र उहाँँहरुको जीवन सहज रुपमा चलाउनका लागि एकल पुरुषहरुको लागि केहि थप राहत पुगोस भन्ने हेतुले आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रमसहित बजेट बनाएको र सोही अनुसार यो कार्यक्रम लागु गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । गाउँपालिकाले पहिलो पटक विदुर तथा एकल भत्ता नगद दिएपनि आगामी दिनमा बैङ्किङ प्रणालीबाट मात्रै भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केदारनाथ ढकाल, कार्यपालिका सदस्य, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
तीन वर्षीय बालकलाई यातना दिने बाबु र सौतिनी आमा पक्राउ
नमोबुद्ध । तीन वर्षीय नाबालक छोरालाई निर्घात कुटपिट गरेको आरोपमा पीडितका बुबा र सौतिनी आमालाई प्रहरीले पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ०६ स्थित सि.एन ईट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएका दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ का ३९ वर्षीय तिलक बुढा र उनका कान्छी श्रीमती उर्मिला बुढाले सुती रहेको ३ वर्षेे नावालाक छोरा विमल बुढालाई निर्घात कुटपिट गरेर घाइते बनाएका थिए । सौतिनी आमाले सुताएको ओछ्यानमा दिशा पिसाब ग¥यो भनि लात्ती र मुक्काले निर्घात कुटपिट गर्नुको साथै उनका बुबाले समेत उनलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याकी सख्त घाईते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । निर्घात कुटपिटबाट सख्त घाईते भएका बिमललाई स्थानीयहरुले उद्धार गरीे धुलिखेल अस्पतालमा पु¥याएका थिए । नाबालकमाथि निर्घात कुटपिट गर्ने बुबा आमामाथि कानुन बमोजिम कारवाही गरी पाउँ भनि घाईते नावालकको मामा तेज बहादुर घर्तिले ज्यान सम्बन्धी कसूर ज्यान मार्ने उद्योग शिर्षकमा जाहेरी दरखास्त दिएसँगै बाबु र सौतेनी आमालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । बुबा तिलक बुढा र सौतिनी आमा उर्मिला बुढालाई कानुन बमोजिम पक्राउ गरी ज्यान मार्ने उद्योग शिर्षकमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.