सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादी केन्द्रकी दुर्गा थापालाई सघाउने सहमति भएको छ ।

सत्ता गठबन्धनका दलहरुको बैठकले एमालेसँग तालमेल नगर्न सर्कुलर गरे पनि सिन्धुपाल्चोकको सुनकोशीमा भने गाउँपालिकास्तरीय नेताहरूबीच एमालेसँग तालमेल भएको हो ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । अहिले सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रवण जीसी उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.