नेपाली राष्ट्रिय फुटबल टोलीले आज एभेनिरसँग अभ्यास खेल खेल्दै

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकन मुलुकका खेलाडीहरुको समूह एभेनिर फुटबल क्लबसँग अभ्यास खेल खेल्दैछ ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले आज एभेनिर फुटबल क्लबसँग अभ्यास खेल खेल्न लागेको हो । यो खेल साँझ ५ बजेबाट शुरु हुनेछ ।

आजको खेलमा केही सिनियरसँगै बी र सी डिभिजन क्लबबाट बन्द प्रशिक्षणमा डाँकिएका खेलाडीहरु मैदानमा उत्रनेछन् ।

गत सोमबार प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अभद्र र अस्वभनिय ब्यवहारका कारण राष्ट्रिय टोलिका सिनियर १० जना खेलाडीहरुले जारी एएफसी एशियन कप छनौटका लागि भईरहेको बन्द प्रशिक्षण छाँडेर बाहिर आएका थिए ।

यसपछि अल्मुताइरीले राष्ट्रिय टोलीमा पर्न असफल केही खेलाडीसँगै बी र सी डिभिजनबाट गरी १४ जना खेलाडीहरुललाई बन्द प्रशिक्षणमा डाँकेका थिए । अल्मुताइरीले बैशाखको २ गतेबाट बन्द प्रशिक्षण संचालन गरेका हुन् ।

कुवेतमा हुने एएफसी कपको छनौटमा नेपालसँगै समुह ए मा आयोजक कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् ।

एएफसीले अन्तिम चरणको छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ स्थान बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.