उम्मेदवारी छनौटमै गठवन्धन भित्र सकस !

देशैभर बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनमा गठवन्धन दलहरुबीच उम्मेदवारका आकाक्षिहरु धेरै हुँदा गठवन्धन दलहरुमा उम्मेदवारी छनौटमा सकस देखिन थालेको छ । गठवन्धनको ठूलो दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन ह्विप जारी गरेको छ । तर कांग्रेस इतरबाट गठवन्धन स्वीकार नगर्ने भन्दै केन्द्रिय नेताहरूबाटै अभिव्यक्ति आउन थालेपछि गठवन्धन भित्र संसय पैदा भएको छ ।

माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले गठवन्धन भित्र चलखेल भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन। गठवन्धन दल भित्र केन्द्रिय तहमा भएको निर्णय स्थानीय स्तरमा लागुहुने अवस्था देखिएको छैन। दिनानुदिन एमालेको माहोल बलियो बन्दै जादा सत्ता गठवन्धनका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पनि गठवन्धन बिना एमालेलाई परास्त गर्न नसकिने बताउदै आएका छन ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पनि गठवन्धनको निर्णय बिपरित अगाडी नबढन निर्णय गरेको छ । बैठकले पार्टी आबद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी गठवन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको छ । देशभरका स्थानीय निकाएहरुमा गठवन्धनका केही स्थानहरुबाहेक धेरै स्थानहरुमा के कसरी तालमेल हुने हा ? त्यसको खाका तयहुन सकेको छैन।

गठवन्धनमा जिल्ला स्थानीयमा तालमेलमा सहमति हुन नसकेमा केन्द्रबाट हस्तक्षेप हुने र यसको असर गठवन्धन भित्र पर्ने संभावना बढेर गएको छ । तालमेल हुने कतिपय स्थानिय निकायहरुमा गठवन्धन बाटै धेरै उम्मेदवारहरु बागी उठने सम्भावना समेत बढेर गएको छ। यसको फाइदा एमालेलाई पुग्ने र नेकपा एमाले सर्वाधिक स्थानीय निकाएहरुमा बिजयी हुने संभावना बढेर गएको छ । गठवन्धन भित्र बेमेलको राजनितीले प्रसय पाएमा देश भरका स्थानीय निकायहरुमा गठवन्धन दल झिनो मतका साथ परास्त हुने र नेकपा एमालेको पल्लाभारी हुने संभावना बढेर गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.