उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका दलका उम्मेदवारले दलकै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ चुनाव चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। यसअघि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । आइतबार प्रकाशित अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको उनले बताए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले प्रचार-प्रचार गर्न पाउनेछन्। आगामी वैशाख ३० गते मतदान हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.