काभ्रेमा कति छन् मतदाता र मतदान स्थल ?

बनेपा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरिसकेको छ ।

निर्वाचन आयोगले निकालेको सुची अनुसार काभ्रेमा एक लाख चबन्न हजार एक सय त्रियासी जना पुरुष मतदाता, एक लाख उनन्चास हजार एक सय पचहत्तर महिला र अन्य दुई गरी तीन लाख तीन हजार पाँच सय साठी मतदाता रहेको जनाएको छ ।

काभ्रेमा १८९ मतदान स्थल हुँदा ३८१ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । काभ्रेका १३ स्थानीय तहमा कायम मतदाता, मतदानस्थल र मतदान केन्द्र आयोगले तोकेको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.