चौरीदेउराली गाउँपालिकामा गठबन्धन दलको संयुक्त सभा

चौरीदेउराली । दिगो शान्ति, संविधानको रक्ष र चौरी देउरालकिो समग्र विकासका लागि गठबन्धन भन्ने मुलनाराका साथ चौरीदेउराली ५ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको पहिलो संयुक्त सभा सम्पन्न भएको छ । स्थानीय निर्वाचनमा तीन वटै दलका साझा उम्मेद्वारका रुपमा गाउँपालिकामा प्रमुखमा माओवादीबाट रेनुका चौलागाई र उपप्रमुखमा कांग्रेसका शेर बहादुर लामा चुनावी मैदानमा हुनुहुन्छ ।

संयुक्त सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन दलमा केन्द्रले तय गरेको निति बमोजिम मिलेर मित्रवत तवरले अगाडि बढ्नु पर्ने बताउनु भयो । चौरी देउराली गाउँपालिकामा भुगोललाई बुझेको, १४ वर्षको कलिलो उमेर देखि राजनितीमा प्रवेश गरेर जनताका पीर मर्कमा सधै साथ दिनसक्ने संघर्षशिल र जुझारु महिला उमेद्वार रेनुका चौलागाई पालिका प्रमुखमा र नेपाली कांग्रेसका युवा व्यक्तित्व शेर बहादुर लामालाई उपप्रमुखमा जिताउन गठबन्धन तीनै दल एक भएर लाग्नु पर्ने बताउनु भयो ।

राजनितीमा स्थायी सत्रु कोही पनि नहुँने भन्दै अध्यक्ष गौतमले हिजो द्वन्द्वकालमा समय परिस्थितीले फरक किसिमको अवस्था र घटनाहरु भए । तिन लाई बिर्सिएर प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मासाथ गर्दैै लोकतन्त्र र संविधानको रक्षाका लागि एक भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

नेकपा एमाले प्रति कटाक्ष गर्दै अध्यक्ष गौतमले हिजो चौरीदेउरालमिा एक्ला एक्लै प्रतिस्पर्धामा स्रो स्थानमा रहेको एमाले पालिकानै पुरै जित हासिल गछौँ भन्दै हिड्नु हास्यास्पद भएको बताउनु भयो । एमाले टुक्रिएर झण्डै आधाजसो एमालेका साथीहरु एकिकृत समाजवादीको कलम चिन्ह लिएर गठबन्धनको साथमा रहेको बताउनु भयो । चौरी देउरालीमा काङ्रेस, माओवादीले साच्चिकै इमान्दारिता प्रस्तुत गर्ने बेला आएको भन्दै अध्यक्ष गौतमले माओवादीका साथहिरुले निसंकोच कांग्रेसका उम्मेदवारलाइ भोट हाल्ने र कांग्रेसले पनि गाउँपालिका प्रमुखमा माओवादीलाई भोट हाल्नेमा विश्वस्त रहेको बताउनु भयो ।

गठबन्धनले वडामा सहमति नगरेको भन्दै पालिकाका सबै वडाहरुमा मित्रवत प्रतिस्पर्धा हुने भएकोले कांग्रेस, माओवादी र समाजवादीले आफ्ना निती कार्यक्रम योजनाहरु वडा वडासम्म पु¥याएर मतदाताहरुलाई आकर्षण गर्न सक्नु पर्ने बताउनु भयो। वडाहरुमा हुने मित्रवत प्रतिस्पर्धामा जसले जिते पनि गठबन्धनकै जित हुने भन्दै गौतमले मिलेर जान आग्रह गर्नु भयो ।

संयुक्त सभालाई सम्बोधन गर्दै एकिकृत समाजवादकिा जिल्ला सचिव दिपक गौतमले चौरी देउरालीमा गठबन्धन उम्मेदवार रेनुका चौलागाई र शेरबाहदुर लामाले १३ हजार बढि मत ल्याएर जित हासिल गर्ने बताउनु भयो । समाजवादीले कलम चिन्ह लिएर सबै वडाहरुमा उम्मेदवारी दिएकाले संविधान र लोकतन्त्रको रक्षाको लागि र एमालेको दम्भ तोड्नका लागि पनि कलम चिन्हमा मतदान गरेर वडा वडामा समाजवादीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

संयुक्त सभालाई सम्बोधन गर्दै चौरी देउराली गाउँपालिका प्रमुखका उमेदवार रेनुका चौलागाईले गठबन्धनको साझा अवधराणामा आफू अगाडि बढ्ने बताउनु भयो । आफ्नो पार्टीको जिम्मेवारी पालिकामा आफूलाई मात्र जिताउन नभई कांग्रेसका उपप्रमुख शेरबहादुर लामालाई पनि जिताउन लागि परेको बताउनु भयो ।

गठबन्धन दलले विश्वास गरेर चौरी देउरालीमा प्रमखुमा आफूलाई उभ्याएको भन्दै चौलागाइले माओवादी, कांग्रेस र समाजवादीको सहयात्रामा चौरी देउरालीलाई अझ सुन्दर र समृद्ध बनाएर लैजाने बताउनु भयो । आफू राजनीतिमा प्रवेश गरेको पृष्ठभुमीलाई केलाउँदै चौलागाईले द्वन्द्वकालीन अवस्थामा परिवारमा ठूलो क्षति व्यहोरेर जनताका पिर मर्काहरुलाई आत्मसाथ गर्दै अनवरत जनताको सेवामा लाग्दै आएको र भोलिका दिनहरुमा पनि जनताकै सेवामा समर्पित रहने बताउनु भयो । संविधान र गणतन्त्र संस्थागत गर्न गठबन्धनबाट आफ्नो उमेद्वारी रहेको भन्दै चौलागाईले प्रमुख दिननाथ गौतम र उपप्रमुख तारा चौलागाईको पालामा भएका विकासलाई संस्थागत गर्दै कांग्रेस, माओवादी र समाजवादीको सहकार्यमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा बजारीकरण र स्थानीय स्तरमै रोजगारीका अवसरहरु सिर्जना गर्न आफू लागि पर्ने बताउनु भयो ।

संयुक्त सभालाई सम्बोधन गर्दै नेपाली काङ्रेसका उपप्रमुखका उम्मेद्वार शेर बहादुर लामाले कांग्रेस, माओवादी र समाजवादीका साथीहरुले एकले अर्कोलाई विश्वास गर्दे गठबन्धनको निर्णय बमोजिम पालिका प्रमुखमा रेनुका चौलागाई र उपप्रमुख आफूलाई मतदान गरेर जीताउन आग्रह गर्नुभयो । आफूले धेरै नबोल्ने बताउदै लामाले चौरीदेउरालीमा सबै कांग्रेसजनलाई इमान्दारी पुर्वक पालिकामा हसिया हथौडा र रुख चिन्हमा मतदान गरेर जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस, माओवादी समाजवादीका नेता तथा कार्यकर्ता, स्थानिय हरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.