धुलिखेल सरकारको पाँच वर्षे उपलब्धी

धुलिखेल । धुलिखेल नगरपालिकाले पाँच वर्ष गरेका उपलब्धीहरु, शिक्षाको आँखीझ्याल र स्वस्थ शहर धुलिखेल नामक पुस्तकबाट सार्वजनिक गरेको छ । धुलिखेल नगरपालिकाले हरेक गतिविधिलाईे पुस्तक मार्फत संस्थागत गरेको छ ।

‘आर्थिक वर्ष २०७४/२०७५ देखि २०७७/२०७८ सम्मको अनुमानित रकम २ अर्ब ९२ करोड ८३ लाख ३० हजार भएकोमा यथार्थ आम्दानी रकम २ अर्ब ६० करोड ४२ लाख ६९ हजार भई २ अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘३४ किलोमिटर सडक कालोपत्रे थप भई ४६.५ किमी कालोपत्रे भएको, ५ किमी ढलान, ७१ किमी ग्राभेल, ३२० किमी माटे सडक भई कुल ४ सय ३० किमी सडक भएको छ ।’ नगर प्रमुख ब्याञ्जुले पक्कि नाली ३० किमी, कच्चि नाली ३ सय १० किमी निर्माण गरिएको बताउनु भयो । खानेपानीका लागि २ हजार ५ सय १९ घर धुरीमा खानेपानी सुविधा थप गरेसँगै नगरपालिकामा ५ हजार ७ सय १६ घर धुरीमा पानी पुगेको छ । यो कुल घरधुरीको ८१ प्रतिशत रहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिनु भयो ।

धुलिखेल नगरपालिकाले चार वर्ष ५ महिनामा साना ठूला गरी ५७ वटा पार्क निर्माण गरिसकेको छ भने २ वटा झोलुङ्गे पुल, ७ सय जना अट्ने सभाहल, सपिङ्गकप्लेक्स, तीन वटा स्वास्थ्य भवन, १७ वटा विद्यालयका २४ वटा भवन निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । २ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरी खुल्ला दिशा मुक्त घोषणा गरिएको, दरवन्दी मिलान गरी विद्यालय तहसमेत मिलान गरिएको, विद्यालयमा आईसिटी ल्याव सहित पुस्तकालय निर्माण गरिएको, स्नातक तहसम्मको शिक्षालाई निशुल्क गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । स्वस्थ शहर निर्माणका लागि ७ बुँदे प्रतिवद्धता पत्र जारी गरेको, बालमैत्री नगर घोषणा गरेको, ५ वटा परिषदहरु निर्माण गरी आयआर्जन र शशक्तिकरणका लागि १६४१ जनालाई सिप विकास तथा आयआर्जन तालिम दिईएको, ३७१ जनालाई विभिन्न प्रविधिका सामाग्री उपलब्ध गराईएको, ५०९ जनालाई उद्यम विकास मार्फत आयआर्जनमा संलग्न गराई प्रविधि हस्तान्तरण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

त्यस्तै बैदशिक रोजगारमा जाने युवायुवतीहरुका लागि सिप विकास तथा परामर्श सेवा, कृषि तथा पुशपालनमा ब्यवसायीक उत्पादनका लागि प्रविधि हस्तान्तरण, एकीकृत इन्टरनेट सेवाका लागि फाईबर जडान, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार, न्यायिक समितिबाट नागरिकलाई सेवा, ८१ वटा ऐन, नियमावली र कार्यविधि निर्माण गरी लागु गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले आगामी लक्ष्यका २ सय १ भन्दा धेरै योजनाहरु सार्वजनिक गर्नु भएको छ । धुलिखेल नगर समुन्नत आर्थिक शहरका रुपमा विकास गर्न अन्र्तराष्ट्रिय स्तरको खेल मैदान, सबै विद्यालयलाई डिजिटल प्रविधि, निरपेक्ष गरिवीमुक्त नगर, शतप्रतिशत घरमा शुद्द खानेपानी, स्वस्थ शहर, एक घर एक महिला उद्यमी, उज्यालो शहर, सुकुम्बासी मुक्त नगर, छुवाछुत मुक्त नगर, तरकारी, दुध, अण्डा, मासु र खाद्यान्नमा आत्मनिर्भर नगर, एक वडा एक ब्यायामशाला, योग तथा ध्यान केन्द्र निर्माण, एक वडा एक उद्यम विद्यालय, पर्यटन तथा अपाङ्गमैत्री पदमार्ग, बहुउदेश्यीय धुलिखेल बसपार्क, घरदैलो अपाङ्गता भएका ब्यक्तिलाई परिचयत्र वितरण गर्ने योजना सार्वजनिक गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.