बनेपाका स्वतन्त्र उमेदवार माण्डव्यले सुरु गरे घरदैलो कार्यक्रम

बनेपा । बनेपा नगरपालिका नगर प्रमुख पदका स्वतन्त्र उमेदवार राजानन्द माण्डव्यले आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन । माण्डव्य नगरबासीको घर घरमा पुग्ने अभियानमा छन् ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गरी स्वतन्त्र उमेदवार माण्डव्य आफ्नो घोषणा प्रतिबद्धतापत्र सहित जनताको घर घर मा जान थालेका छन ।

स्वतन्त्र मेयर पदका उमेदवार माण्डव्यले चुनाव चिन्ह भने धारो प्राप्त गरेका छन् । घरदैलो अभियानमा माण्डव्यका समर्थक सक्रिय छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.