नेप्से परिसूचक ५६ अंकले बढ्यो, २ अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो । बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पूँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

सोमबारदेखि नेप्से लगातार बढिरहेको हाे । २२ सयभन्दा तल झरेको नेप्से परिसूचक बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.