धुलिखेल-१ को अध्यक्षमा कांग्रेसका लामा निर्वाचित

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा ५७३ मतसहित निर्वाचित भएका छन् ।

उनी १ सय ६ मत अन्तरले बिजयी भएका हुन् । वडा अध्यक्ष पदका लागि रुखमा ५ सय ७३ मत खसेको थियो भने सूर्य चिन्हमा ४ सय ६७ मत खसेको थियो ।

मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा नम्बर १ को मत गणना सकिँदा बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.