भक्तपुर नगरपालिकाद्वारा विद्यालयमा दुई दिन बिदा नगर्न निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने केन्द्र सरकारको निर्णय अवज्ञा गरेको छ । सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै  सामुदायिक र निजी विद्यालयलाई पत्र सेमत पठाएको छ । शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।

त्यसविपरित नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको हो ।  नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको सूचनाअनुसार सम्बत् २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएतापनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.