बेथानचोक गाउँपालिकामा रोकिएको मतगणना कार्य सुचारु

बेथानचोक । बेथानचोकमा गाउँपालिकामा रोकिएको मतगणना कार्य सुचारु भएको छ । बेथानचोक वडा नं. १ को नतिजा सार्वजनिक गरेपछि हिजोदेखि मतगणनाको विषयलाई लिएर भएको विवादका कारण मतगणना कार्य स्थगित भएको थियो ।

सर्वदलीय बैठकले निर्णय गरेर मतगणना सुचारु भएको र बेथानचोक वडा नं. ६ को मतगणना बाट मत गन्न सुरु गरिएको हो ।

बेथानचोक वडा नं. १ मा खसेको १,०४० मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार मधुसुधन तिमल्सिनाले ५०७ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका डण्डप्रसाद दाहालले ४९८ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.