रोशी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरू विजयी, एमालेको सम्मानजनक मत

रोशी । काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वारहरूले वडामा जित एवं पालिकामा सम्मानजनक मत पाएका छन् ।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् ।

रोशी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार देवसागर लामालाई १ हजार १ सय ७६ मत बढी मतले पराजित गरेका हुन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५ सय ३४ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६ सय ७२ मत ल्याएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेद्वार बबिता बोहोरालाई मात्र ७ सय २९ मतले पछि पारेका हुन् ।

रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा नेपाली कांग्रेसले ५, एमालेले ५ वटा र माओवादी केन्द्रले १ वडामा जित हाँसिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.