धुलिखेल नगरपालिकाको मेयरमा अशाेक ब्याञ्जु निर्वाचित

काभ्रे । धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट दोस्रो कार्यकालको लागि अशाेक ब्याञ्जु विजयी हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो ।

ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने नेपाली काङ्ग्रेसका निराजन जंगम विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लालतारा अधिकारीलाई १ सय २० मतले पराजित गर्दै जंगम निर्वाचित हुनुभएको हो ।

नेपाली काङ्ग्रेसका जंगमले ७ हजार ९ सय १० मत प्राप्त गर्नुभयो भने अधिकारीले ७ हजार ७ सय ९० मत प्राप्त गर्नुभयो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.