नाबालिक किशोरी बलात्कार आरोपी पाण्डे पक्राउ

काठमाण्डौं । नाबालिका बलात्कार आरोपी मनोज पाण्डे पक्राउ परेका छन् ।

पाण्डे ८ वर्षअघि एक किशोरीलाई कार्यक्रमको बाहना गरी काठमाण्डौँको एभरेष्ट होटलमा बोलाई बेहोस पारी बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

आरोपित पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।
उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यस घटनाको सम्बन्धमा सडकदेखि संसदमा पनि कुरा उठे पछि आरोपी पाण्डेलाई पक्राउ गरिएको हो।

बिहीबार संसदमा सांसदहरूले घटनाको सम्बन्धमा जानकारी गराएपश्चात सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.