एन्फा अध्यक्षमा ‘प्रतिपक्षी’ पंकजको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । नेम्वाङले शुक्रबार उम्मेदवारी दर्ता गरेको एन्फाले जनाएको छ । उनी एन्फाको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँग कुनै समय मिलेर काम गरेका नेम्वाङ पछिल्लो समय एन्फा कार्य समितिमा प्रतिपक्षी मानिन्छन् ।

आफू वरिष्ठ उपाध्यक्ष रहे पनि उनले एन्फाको कार्यशैली र कार्य सम्पादनप्रति विरोध र असन्तुष्टि जनाउँदै आएका छन् । एन्फा अध्यक्षमा शेर्पा पनि कार्यकाल दोहोर्‍याउने तयारीमा छन् । एन्फाको कार्य समिति निर्वाचन आगामी असार ६ गते हुँदैछ ।

नेम्वाङको प्रस्तावकमा झापा फुटबल संघका अध्यक्ष भगीरथ आले र समर्थकमा जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.