बनेपामा गठबन्धनका जनप्रतिनिधिले मात्रै लिए सपथग्रहण

बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्र सपथग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित उप-प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित शान्ति रत्न शाक्य, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले भने मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग सपथ लिएका हुन् ।

आफूहरुसँग औपचारिक सर-सल्लाह नै नगरी सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएकाले उक्त कार्यक्रमको बहिष्कार गरिएको नेकपा एमाले नगरकमिटीले जनाएको छ ।

संस्थागत जिम्मेवारीबाट विचलित नहुन र जिम्मेवारीपूर्वक वर्तमान संविधान र पालिका निर्वाचनको संवैधानिक परिकल्पनालाई आत्मसाथ गरी आ-आफ्नो दायित्व निर्वाह गर्न नेकपा एमाले बनेपाले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले बनेपा नगर कमिटीद्वारा जारी विज्ञप्तीमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरूले आजै सपथ ग्रहण गर्ने उल्लेख गरिएको छ ।

    नेकपा एमाले बनेपा नगरकमिटीद्वारा जारी गरिएको प्रेस विज्ञप्ती

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.