नेपालले कतारमा दुई देशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलिले कतारमा दुई देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कप २०२३ तेस्रो चरण छनोटका लागि बन्द प्रशिक्षण गर्न कतारमा पुगेको नेपाली टिमले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

बुधबार कतार फुटबल एसोसियसनले सामाजिक सञ्जालमार्फत नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
कतार फुटबलका अनुसार नेपालले मे २८ मा टिमोर लिस्टेसँग र जुन ३ मा ओमानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसअघि एसिया कप छनोटको तयारीका लागि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि पछि रद्द भएको थियो । अफगानिस्तानले कतार आउन अस्वीकार गरेपछि उक्त खेल रद्द भएको एन्फाले जनाएको छ । एसिया कप छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.