नवरत्न निःशुल्क मसाज शिविर सञ्चालन हुने

काठमाण्डौँ । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेलले  काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरानलगायत अन्य शहरहरुमा नि:शुल्क शिविर संचालन गर्ने आयोजकले जानकारी दिएको छ ।

शिविर संचालनका सम्बन्धमा जानकारी दिंदै नवरत्न तेलका ब्राण्ड मैनेजर विकास तिवारीले भने “हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शुन्य छ । विगतमा कोरोनाकै कारण हामीले आम उपभोक्ताहरुले अत्यन्त रुचाउनु भएको यो क्याम्प संचालन गर्न असमर्थ भएका थियौं र अहिले हामी फेरि क्याम्प संचालनका लागि अग्रसर भएका छौं।”

क्याम्पको अवधिभर ५० जिल्लाका करिब १० लाख जनाले निशुल्क मसाजको फाइदा लिनुहुने अपेक्षा गरेको ब्राण्ड मेनेजर तिवारीले बताए ।  उनले  नि:शुलक मालिसको आनन्द उठाउन आग्रह गरेका छन् ।

विभिन्न ९ आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो ।

विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि आराम, मानसिक कायाकल्प र ठण्डा ठण्डा चिसोको अनुभव, शरीरको दुखाई कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ ।

नवरत्न तेललाई अझ बढी उपभोक्ताहरु माझ पु¥याउने लक्ष्यका साथविगत केही वर्षदेखि संचालन गरिंदै आएको नवरत्न आयलफ्रि हेड मसाज क्याम्प यो वर्ष पनि संचालन गरिने भएको छ ।

 

आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुने र साइड इफेक्ट नगर्ने प्रमाणित भैसकेको छ । नवरत्न फ्रि हेडमसाज क्याम्प छिट्टै नै सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.