बोली गोलीभन्दा कठोर हुनसक्छ

बनेपा । उत्कृष्ट प्राणी ठहरिएको मानिसको अनेकौं कर्तव्यहरु छन् । तिनै कर्तव्यको आधारमा अधिकारको खोजी गर्नुपर्दछ । एक हातले ताली बज्दैन, दुबै हालको ताली आवश्यक हुन्छ । धेरै मानिसहरुको मनमस्तिष्कको उपजका रुपमा थुप्रै शास्त्रहरुको रचना भएको छ । ती शास्त्रहरुको पनि आ–आफ्ना पाटाहरु छन् । ती शास्त्रहरु सबैको आ–आफ्नो महत्व रहेको छ । ती सबै शास्त्रहरु लिखित रुपमा सार्वजनिक भएका छन् । जसका कारणले अध्ययन, अध्यापन गर्न सजिलो भएको छ । यस्तो हुनु वौद्विक तथा वैज्ञानिकहरुकै परिश्रमको परिणाम हो । ती सबै शास्त्रहरुको अभिव्यक्ति आ–आफ्नो भाषामा गरिन्छ । भाषाकै कारण विचारको आदानप्रदान गरिदै आएको छ । त्यसैले भाषाको लिखित अभिव्यक्तिमा बोलीको प्रयोग कसरी गर्ने भन्ने कुरा सोच्नुपर्ने हुन्छ । भनिन्छ, ‘बोली र गोली चलेपछि फिर्ता हुँदैन । गोलीको प्रयोग गर्दा सांकेतिक क्षेत्रभन्दा बाहिर गयो भने परिणाम उल्टो हुन्छ । त्यस्तै सन्दर्भमा कस्तो बोली गर्ने भन्दा नसोचेको शब्द प्रहार भयो भने पनि अर्थको अनर्थ हुनसक्छ । त्यसैले बोली विज्ञान, वचन विज्ञानको बारेमा ध्यान दिनु अनिवार्य हुन्छ । मानी लेऊँ अध्यापन गराउने शिक्षकहरुले बालबालिकाहरुलाई पढाउँदा प्यारिलो भाषा प्रयोग गर्नुपर्दछ, बोलीले विद्यार्थीको मानसिकतालाई आपूmतर्पm ध्यान केन्द्रित गराउनुपर्छ । जसले गर्दा बालबालिकाहरु शिक्षक शिक्षिकाले पढाइरहेको विषयबस्तुमा केन्द्रित रहून् । धर्म कर्मको विधि बताउने माध्यम शास्त्र हो । त्यस्तै अतीतका घटनाहरुलाई व्यक्त गर्ने माध्यम इतिहास हो । सबै पक्षका शास्त्रका पक्षको ज्ञान दिने विज्ञान पनि शास्त्रनै हो । ज्ञानविना विज्ञान हुँदैन । ज्ञान भनेकै जीवन भोगाइका अनुभवको सार नै हो । पढेर आर्जन गरिने ज्ञान र परेर आर्जन गरिने ज्ञानको स्वरुप फरक हुन्छ । त्यसैले बोलीविज्ञान तथा वचन विज्ञानको अध्ययन गर्नु सबैका लागि अनिवार्य हुन्छ । कुनै पनि शास्त्रको अध्ययन किन गरिन्छ ? भन्ने प्रश्न कसैले गर्छ भनेः उत्तर हुन्छ, ती शास्त्रहरुले मानिसलाई संयम र ज्ञानी बनाउने कुरामा महत्व दिन्छ । जीवनको आधारभूत पक्ष भनेकै स्वास, शासन र शास्त्र हो । शास्त्रविना कुनै पनि मानव अगाडि बढ्न सक्दैन । शास्त्र भनेकै अनुशासनको डोरी होे । विद्धानहरुले शास्त्रलाई विज्ञान, औषधी, मार्ग र आँखा मानेका छन् ।

मार्गदर्शन प्रस्तु गर्ने माध्यमनै विज्ञान हो । विश्वका ठूला ठूला राजनीतिज्ञ, शास्त्री, समाजसेवी वा जुनसुकै व्यवसाय गर्ने किन नहुन् उनीहरुले व्यक्त गर्ने भाषाको महत्व निकै मार्मिक हुनुपर्दछ । नीति प्रयोग गर्नुलाई, सिकाउनुलाई, व्यवहारमा उतार्नुलाई नीतिज्ञ भनिन्छ । भनेर नभई गरेर देखाउने महान हुन्छ । विश्वका चर्चित नीतिज्ञहरुले आपूmले भोगेको र गरेका अनुभवहरुलाई लिखितरुपमा प्रस्तुत गरेर नै उनीहरु नीतिज्ञ बनेका हुन् । त्यसैले बोलीको सानो भुलले ठूलो दुर्घटना हुनसक्छ । त्यसैले त भनिएको छ, “बोली गोलीभन्दा कठोर हुनसक्छ ।” बोली होलीको अवीरभन्दा आकर्षक हुनुपर्दछ तर ख्याल गर्नुपर्दछ उपयोग कसरी गर्ने ? एक बोलीको अनेकौं अर्थ लाग्नसक्छ ।

त्यो बोली हानीकार र कतै लाभदायक पनि हुनसक्छ । डराउनु पर्ने हुन्छ, हानिकारक होला कि भनेर । बोल्दा ख्याल गर्नुपर्दछ । यसै सन्दर्भमा एउटा ऐतिहासिक घटनालाई जोड्ने प्रयत्न गरेको छु । भारतीय जनता पार्टीका तत्कालीन् अध्यक्ष अटलविहारी वाजपेयी ज्यादै चतुर हुनुहुँदोरहेछ । एकदिनको कुरा हो, उहाँ लखनउ एयरपोर्टमा पुगेको बेला एक प्रत्रकारले सोधेछ, “तपाईं के खानुहुन्छ ?” भनेर । तव वाजपेयीले कुनै विचारै नगरी भनिदिएछन्, “सबै चिज खान्छु ।” भनेर । तब भोलि बिरोधी पत्रकार लेखेछन्, “वाजपेयी गोमांश पनि खान्छन् ।” भनेर । वास्तवमा नेताको आसय त्यो थिएन तर पत्रकारले मौका पाए छापिदिए । त्यसैले नसोची बोल्दा अनेक अर्थ लाग्दोरहेछ । त्यतिखेर मुद्दा चलाउनका लागि लेखकको नाम पनि भेटिएनछ तर प्रतिकूल असर त पर्न गयो नै । त्यसैले ठूला ठूला विद्धानहरु पनि बोल्दा कहिले काहिं प्रतिकुल नकारात्मक अर्थलाग्ने गरी अनायस बोल्दा पश्चाताप गर्नुपर्ने हुन्छ । हरेक क्षेत्रमा अनुशासनको आवश्यकता पर्दछ । कारण अनुशासन भनेकै एउटा विज्ञान हो जसलाई व्यक्त गर्न अपनाउनुपर्ने हुन्छ ।

विभिन्न राजनीतिज्ञहरुले प्रतातन्त्रको बारेमा थुप्रै व्यख्या र विश्लेषण गरेका छन् । प्रजातान्त्रिक विचारकहरु बताउँछन्, “प्रजातन्त्रिक सरकार त्यो हो जसले कमभन्दा कम शासनमा प्रतारणन गर्छ ।” प्रशासन कडा भयो भने प्रजातन्त्र कमजोर हुँदैजान्छ । प्रजातन्त्रको कमजोर हुनको कारण अनुशासन पनि हुनआउँछ । कति हदसम्म अनुशासित हुनुपर्ने हो ख्याल गरिनुपर्छ । सर्वप्रथम अनुशासनमा व्यक्ति आपैm रहनसक्नुपर्छ तब मात्र अरुलाई अनुशासनको पाठ पढाउन सहज हुन्छ । त्यसैले भनिएको छ, “मानव जीवनको उत्थानको कडी वा लठ्ठी अनुशासन हो ।” प्रजातन्त्र भनेको व्यक्तिको आत्मानुभुतिको बाटो तर तगारो हाइन ।

हाम्रो देशमा जब संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुरुवात भयो तब नेताहरु सबैले केही नै केही राजनीतिको महत्व र औचित्यको बारेमा बिस्तारै ज्ञान तथा सीप आर्जन गर्दै अगाडि बढ्दैजाने मौका पाए । राजनीतिमा महिला र पुरुषबीचको भेद रहने, कुनै जात जातिबीच भेद रहने सबैमा समान अधिकारको व्यवस्था भयो । त्यहीअनुरुप संविधान, नियम, कानुनहरु बने । स्थानीय, प्रदेश तथा संघीय सरकारहरु बन्ने कार्यले संघीय लोकतान्त्रिक व्यवस्थाको स्थायीत्व कायम भयो । तर राजनीति गर्ने उच्च ओहोदामा पुग्ने नेताहरुमा एकदलका नेताले अर्को दलका नेतालाई गर्ने गरेको अशोभनीय गाली गलौजले श्रोता तथा दर्शकहरुले अगाडि रहेका समर्थकहरुमा क्षेणिक लोकप्रियता कमाए जस्तो देखिए तापनि यसले दीर्घकालीन् रुपमा नकारात्मक प्रभाव पर्ने गरेको छ । जसले पनि बोल्दा आफ्नो हैसियतलाई ख्याल गर्नु पर्ने हुन्छ । आवेशमा आएर विपक्षीहरुको खेदो खन्ने कामले भोलिका दिनमा आफ्नाबिरुद्ध पनि कोही न कोही बोल्नेछन् भन्ने कुरा विर्सनु हुँदैन । देशको सर्वोच्च निकायमा पुगिसकेको व्यक्तिले आफ्नो धरातलनै विर्सेर बोल्दा युवाहरुमा मात्र नभई साना बालाबालिकाहरुमासमेत इष्र्या भाव पैदा हुने अवस्था सिर्जना हुन्छ ।

भविष्यका कर्णधार बालबालिकाहरुले राजनीतिक क्षेत्रलाई गालीगलोजको क्षेत्र मानिदिए भने भोलिको समाज कहाँ पुग्ला ? यो समीक्षाको विषय हन्छ । आजको पिढी आफ्नो भाषामा दक्ष रहेको अवस्था छ । प्रत्येक शब्द, वाक्य र अनुच्छेदलाई केलाउन सक्ने क्षमता राख्छन् । त्यसैले नेताको विपक्षीप्रति गरिने तुच्छ शाब्दिक प्रहारको शैलीलाई सच्याउनु आवश्यक देखिन्छ । के विपक्षीको खण्डन गर्दा तुच्छ शब्दनै प्रयोग गर्नुृ आवश्यक हुन्छ र ? जुनसुकै दलका नेता किन नहुन् उनीहरुको व्यवहार मै खाऊँ मैलाऊँ भन्ने भाव प्रकट भएको बुझिन्छ । राजनीति सामाजिक हुन पर्नेमा व्यवसायिक हुँदै गएको देखिन्छ । आर्थिक उपार्जनको बाटोमा राजनीति गएको अनुभव सर्वसाधारणहरुले बुझ्ने अवस्था सिर्जना हुनथालेको छ । सभ्य समाज, असल नागरिक, शान्त वातावरण, राजनीतिक कारणले हुनसकिरहेको देखिदैन । खाली लेखेट्ने बोली रहेको देखिन्छ । उन्नत राष्ट्र बनाउन शास्त्रलाई पढाउने कार्य गर्नु पर्यो । उच्च राजनीतिज्ञहरुको जीवनको अनुभवलाई बुझेर अगाडि बढ्न शास्त्रको अध्ययन र अध्यापन गराउने बानीको विकास गर्न आजको समयको माग रहेको छ । आजको समयमा आदर्शवान नेताको खाँचो छ । जसले सबैलाई समान भावले व्यवहार गर्न सकोस् । आवेशमा मात्र होइन, संयममा रहेर अभिव्यक्ति कलालाई व्यक्त गर्दा नियन्त्रणमा आपूmलाई राख्नुपनेमा त्यस्तो देखिदैन ।

तीता तीता शब्दले एक दलले अर्को दललाई बदलाको भावले जुवारी खेलेको देखिन्छ । प्रेम भावले व्यवहार गरेको देखिदैन । मनोविज्ञानको विषयलाई ध्यान दिनुपर्नमा त्यस्तो देखिदैन । भनिन्छ, इज्जत कमाउन भन्दा इज्जत जोगाउन गाह्रो हुन्छ । इज्जत गुमाउने कुरा कामले मात्र नभई बोलीको भुमिका धेरै हुन्छ । कहिलेकाहिं कसैको मुखबाट खराब कुरा निस्कन पुग्यो भने सुन्नेले घोरिनुपर्ने हुन्छ । एकपटकको कुरा रहेछ, एक पत्रिकामा श्री राजेश्वर देवकोटाले भन्नुभएछ, “राजनीति सबैले कमाउने र नामर्दले खाने चीज भनेर ।” शिश्लेषणमा छ, उहाँको विचारमा राजनीतिक आर्जन एउटाले गर्छ र मोजन अर्कोले गर्छ । यो कुरा कति सान्दर्भिक छ वा छैन ? वास्तवमा संसदीय व्यवस्था स्थापित गर्नको लागि नेपालका कैयौं नेताहरु तथा राजनीतिज्ञहरुको जीवन समाप्त भएको छ । त्यसको फल उनीहरुले चाख्न पाएनन् तर उनीहरुपछिका उत्तराधिकारीहरुले स्वाद लिइरहेकाछन् । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पक्षमा रहेर पौडी खेलिरहेका छन् भने कतिले जीवन चलाउन धौ धौ परिरहेको छ । जेहोस् देशमा भएको शैक्षिक विकासले सबैको आँखा खुल्दैछ । चेतनाको स्तर वृद्धि भएको छ । खराब व्यवहारको बिरोध गर्नेहरुको सँख्यामा वृद्धि भएको छ । यो खुशीको कुरा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.