जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

बनेपा । जननेता एवं जनताको बहुदलीय जनवादको प्रतिपादक स्वर्गीय नेता मदन भण्डारीको स्मृतिमा बनेपा गोसाइथानमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । बनेपा नगरपालिका वडा नं. ६ गोसाइस्थानमा नेकपा एमाले निकट प्रेस चौतारी नेपाल काभ्रेको आयोजनामा वृक्षारोपण गरिएको हो । भन्डारीको जन्म २००८ आषाढ १४ गते ताप्लेजुङको ढुङ्गेसाँघु गाउँमा भएको थियो ।

 

स्वर्गीय जननेता भण्डारीको स्मृति र सम्मानको लागि केही सकारात्मक कार्य गरौँ भन्ने अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको प्रेस चौतारी नेपाल काभ्रेले जनाएको छ । प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीले जननायक भन्डारीको स्मृतिमा सामाजिक कार्य गर्ने योजना अनुरुप वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

 

कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल,  नेकपा एमाले काभ्रेका सह—सचिव राजकुमार सापकोटा,  प्रेस चौतारी काभ्रेका सल्लाहकार भोजराज तिमल्सिना, पत्रकार नवराज बजगाँई, पत्रकार लक्ष्मण तिमल्सिना, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, पत्रकार केशवराज पौडेल, प्रेस चौतारी काभ्रेका उपाध्यक्ष रामसुन्दर आचार्य, सचिव जगत तामाङ, सदस्य मणिराम दाहाल लगायत चौतारी कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.