अमृता लुङ्गेली मगरको तीज गीत ‘सम्झेर बस्नी हो’ माइत आउन नपाउने चेलीको कथा

काठमाण्डौं । तीज आउन एक महिना बाँकी रहदा यतिबेला तीजका गीतसंगीतले टिकटक, युट्युब लगायतका सामाजिक सञ्जाल भरिभराउ छन् । तीज नेपाली दिदीबहिनीहरुको आफन्त (माइती) भेटभाट र दुःख साटासाट गर्ने विशेष महत्व बोकेको पर्व हो ।

तीजकै अवसर पारेर चर्चित लोक गायिका अमृता लुङ्गेली मगरले  २०७९ सालको तीज गीत ‘सम्झेर बस्नी हो’ गीत दर्शकस्रोताको माया बटुल्दै छ । गायिका अमृता लुङ्गेली मगर एवं गायक कृष्ण समिप सुवेदीले गीतमा सुमधुर आवाज भरेका छन् । गीतको संगीत एवं शब्द गायक कृष्ण समिप सुवेदीले तय गरेका हुन् । भने लय कृष्ण केसीले तयार पारेका हुन् ।

शिव बिकेको निर्देशनमा रहेको गीतको भिडियोमा मुख्य भूमिकामा जुना कार्की लगायतका लगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ ।

गीतमा चेलीले आफू बाँचेपनि घरमा मायाको अभाव भएको चेलीको विषयलाई समेटिएको छ । खुसीहरु किन्न नपाइने पीडामा नै खुसी भएर बाँचेको विषयवस्तुलाई समेटिएको छ । गीतमा धन कमाउन विदेशिनु पर्ने बाध्यता र चाडवाड खल्लो हुने प्रसंगलाई समेत समेटिएको छ। वर्षमा एक पटक आउने हर्षका दिन पनि तीजमा माइतीघर आउन नसकेको विषयवस्तुभित्र गीतको शब्दहरु बाँधिएका छन् ।

‘सम्झेर बस्नी हो’ गीत ‘अमृता लुङ्गेली मगर’ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको भिडियो सम्पादन पदम सुवेदीले गरेका छन् भने छायाङ्कन रक कौशलले गरेका छन् । गीत ड्रागन पिक्चरको ब्यानरमा निर्माण गरिएको निर्मात्री एवं गायिका अमृता लुङ्गेली मगरले जानकारी दिइन् ।

गीतको भिडियो यहाँ वा अमृता लुङ्गेली मगरको युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.