अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनेश्वर मन्दिरमा सरसफाई तथा बृक्षारोपण सम्पन्न

धनेश्वर  । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरामा काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वार महादेब मन्दिरमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाको युवाहरुको सहभागितामा बिहान मन्दिर आसपास सरसफाई एवं बृक्षारोपण गरेर युवाहरुले युवा दिवस मनाएका हुन् । अन्तर्राष्ट्रिय युवा दिवस शुक्रबार परेपनि नेपालीहरुको पर्व जनैपुर्णिमा परेको कारण शनिबार सरसफाई एवं बृक्षारोपण आयोजना गरेर युवा दिवस मनाएको जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले बताए । युवाहरु बिभिन्न कार्यक्रमहरुमा सहभागिता भएर ऐतिहासिक कला सम्पदा हरुको संरक्षण गर्न प्रेरित गर्नको लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको थापाले बताए ।

युवाहरु सचेत भएर जनचेतना दिने हरेक कार्यहरुमा सहभागिता हुनुपर्छ भन्ने उद्धेश्यले मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिएको थापाले बताए । कार्यक्रममा पनौती नगरपालिका वडा नं ५ का अध्यक्ष बिनोद खत्रीले युवाहरुले चाहे भने हरेक खालको समस्यहरु समाधान हुने बताए । युवाहरु एक भए भने गर्न सक्न उदाहरण आज भएको सरसफाईले समेत देखाएको बताए । अहिले पछिल्लो समयमा युवाहरु बिभिन्न कुलतमा फसिरहेको तर त्यस तर्फ ध्यान दिएर युवाहरुलाई सृजनशिल कार्यहरुमा जोड्दिदै जानुपर्ने वडा अध्यक्ष खत्रीले बताए ।

धनेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष गोबिन्द थापाले जिल्लाको युवाहरु मिलेर मन्दिर आसपास सरसफाई एवं बृक्षारोपण कार्य गरिएकोमा धन्यवाद ब्यक्त गर्दै आम युवाहरु सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने बताए ।

शनिबार भएको सरसफाई एवं मन्दिर वरपर बृक्षारोपन कायक्रममा स्थानियहरु, सञ्चारकर्मी, पनौती चौकीका प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.