स्मृति गौतमको ‘अल्लारे माया-२’ सार्वजनिक

काठमाण्डौ । चर्चित लोक गायिका स्मृति गौतम नयाँ सांगितिक कोशेली ‘अल्लारे माया-२’ लिएर आएकी छिन् ।

सर्जक तथा गायक किरण गौतमका शब्दहरु गुञ्जिने गीतमा उनै गायिका स्मृति र किरणको सुमधुर आवाज सुन्न सकिन्छ । गीत प्रेम विषयलाई आधार बनाएर दोहोरी शैलीमा प्रस्तुत गरिएको छ ।

‘अल्लारे माया-२’ गीतमा संगीत किरण गौतमको नै रहेको छ भने संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

गीतको भिडियोमा बिमल अधिकारी, सञ्जीव ठकुरी, लोमास शर्मा, भुवन चौलागाईं, जोन बम, बुद्धिमान लामा, अलिना रायमाझी, आयुष्मा कार्की, सिर्जना किराती, शशीकला राई, पुजा क्षेत्री, अस्मिता रनपाल लगायतको अभिनय रहेको छ ।

रोयल मुभिज प्रा.लि.को पोष्ट प्रडक्सनमा बनेको गीति भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियो मुकेश हुमागाईले खिचेका हुन् । गीतको सम्पादन एवं रंग भर्ने काम राजकुमार मगरले गरेका छन् ।

‘अल्लारे माया-२’ Smriti Gautam आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायिका गौतमको अल्लारे माया गीतले दर्शक श्रोताको अपार माया बटुल्न सफल भएको थियो ।

 

गीतको पूरा भिडियो हेर्न तलको आवरण चित्रमा थिच्नुहोस्ः 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.